१४ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्ष ओली भन्छन्, ‘म बलिराजा जस्तो मान्छे हुँ’

thumb 2

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू बलिराजा जस्तो मान्छै भएको बताएका छन्।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू बलिराजा जस्तो मान्छे भएको र जसले जे मागेपनि दिने गरेको बताएका हुन्।

उनले भने, ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने, प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो। तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुपर्‍यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो। सप्रिने भए विचार गर्नुपर्‍यो भनेको हो।’