२० बैशाख २०८१, बिहीबार

सत्य निरुपण तथा मेलमिलापसम्बन्धी विधेयक संसदमा दर्ता गर्ने मन्त्रिपरिषदको निर्णय

prachanda 4
फाइल फोटो

सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधिसभामा दर्ता गर्ने भएको छ ।

बिहीबार बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

साथै फलफूल, तरकारी र खाद्यजन्य वस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को विषयगत समितिमा छलफलका लागि पठाई यथाशीघ्र क्याबिनेटमा पेस गर्ने निर्णय भएको सचिवालयको भनाइ छ ।

    सम्बन्धित समाचार...