२५ बैशाख २०८१, मंगलवार

पपुवा न्युगिनी टस जितेर बलिङमा

Nepal vs PNG

आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई पपुवा न्युगिनी टस जितेर बलिङमा गएको छ ।

टियु क्रिकेट मैदानमा भएको टसमा पपुवा न्युगिनीका कप्तान असद भालाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् । खेल सुरु भएको छ ।

यसअघि फागुन १९ मा भएको खेलमा पपुवा गिन्हीलाई नेपालले हराएको थियो । पपुवा गिन्हीले दिएको सय ८० रनको टार्गेट पछयाउँदै नेपालले नेपालले ४८ ओभरमा ७ विकेटले जीत हासिल गरेको थियो ।

नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अंकका साथ पाँचौं स्थानमा छ । नेपालले अव दुई खेल जिते ३६ अंक हुनेछ । दुई जित शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ ।

नेपालले टियु मैदानमा मार्च १२ मा युएई, मार्च १३ मा पपुवा न्युगिनी र मार्च १६ मा युएईसँग खेल्ने कार्यतालिका छ ।

नेपालले पपुवा न्युगिनी र युएईसँग घरेलु मैदानमा आईसीसी विश्वकप लिग टु अन्तर्गतको अन्तिम सिरिज खेल्दै छ ।

यूएईमा आयोजित त्रिकोणात्मक सिरिज सहभागी भई नेपाली राष्ट्रिय क्रिकेट टोली गत मंगलबार स्वदेश फर्किएको हो । लिग टुको आफ्नो अन्तिम विदेशी त्रिकोणात्मक सिरिज खेल्न युएई भ्रमण गएको नेपालले खेलेको चार मध्ये तीन खेलमा जित हात पारेको थियो ।

नेपालले पपुवान्युगिनी र घरेलु टोलीसँग समान २/२ खेल खेलेको थियो । जसमा पपुवान्युगिनीसँगका दुवै खेल जित्यो भने युएईसँगको पहिलो खेल हारेको थियो ।

त्यस्तै, फागुन २८ मा युएईसँग दोस्रो खेल र २९ मा पपुवान्युगिनीसँग नेपालले पुनः खेल्नेछ । विश्वकप लिग टुको अन्तिम खेलमा चैत २ मा युएईसँग खेल्नेछ ।

नेपालले ओडीआईलाई निरन्तरता दिन चार खेल मध्य दुई खेद जित पुग्छ भने चारै खेल जिते शीर्ष तीन रहँदै नेपालले एकदिवसीय विश्वकप ग्लोबल छनोट खेल्ने मौका पाउँछ ।

नेपाली टोली

रोहित पौडेल कप्तान, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सन्दिप लामिछाने, करण केसी, प्रतिश जिसी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, गुल्शन झा, भिम सार्की, ललित राजबंशी

बेञ्चमा- सन्दिप जोरा, श्याम ढकाल, कमलसिंह ऐरी, अर्जुन साउद ।

    सम्बन्धित समाचार...