२० बैशाख २०८१, बिहीबार

नयाँ राष्ट्रपति चयनका लागि कुन दलसँग कति मतभार ?

rastrapati

नयाँ राष्ट्रपति चयनका लागि आज मतदान हुँदै छ । काठमाडौँको नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मतदान हुने छ । संघीय संसद्का ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कुल ८८२ जनाले मत हाल्न पाउने छन् ।

मतदानका लागि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्मको समय तोकिएको छ । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सांसदले मत खासाल्ने छन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसदको ७९ र प्रदेशसभा सांसदको ४८ मतभार गणना हुन्छ ।

मुलुकको तेस्रो राष्ट्रपति निर्वाचनमा ९ दलीय सत्तारुढ गठबन्धनवाट नेपाली कांग्रेसका वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेल र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुने छ ।

पौडेललाई कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ ।

कुन दलसँग कति मतभार ?

राष्ट्रपति निर्वाचनको अन्तिम नामावलीअनुसार १४ राजनीतिक दलकासहित स्वतन्त्र र मनोनित सांसदहरू मतदाता रहेका छन् ।

३३४ संघीय सांसदमध्ये २ जनाले मतदानमा भाग लिन पाएनन् । रवि लामिछानेको निर्वाचन क्षेत्र चितवन–२ मा रिक्त रहेको छ भने कांग्रेसका सांसद टेकबहादुर गुरूङ निलम्बित अवस्थामा छन् ।

नेपाली कांग्रेस– १६ हजार १४२
नेकपा (एमाले)– १५ हजार ३६०
नेकपा (माओवादी केन्द्र)– ७ हजार ६४९
नेकपा (एकीकृत समाजवादी) २ हजार ५७४
राष्ट्रिय स्वतन्त्र पार्टी– १ हजार ५०१
राष्ट्रिय प्रजातन्त्र पार्टी– २ हजार ४५०
जनता समाजवादी पार्टी– २ हजार २४१
लोकतान्त्रिक समाजवादी पार्टी– ९७१
जनमत पार्टी– १ हजार २४२
नागरिक उन्मुक्ति पार्टी– ८९२
राष्ट्रिय जनमोर्चा– २०६
नेपाल मजदुर किसान पार्टी– २२३
संघीय समाजवादी– ४८
हाम्रो नेपाली पार्टी–९६

त्यस्तै, स्वतन्त्र र मनोनीत सांसद पनि मतदाताका रूपमा रहेका छन् ।

    सम्बन्धित समाचार...