२० बैशाख २०८१, बिहीबार

दाहालविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको पेसी आज

court prachanda1678177295

प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको मुद्दाको पेसी बिहीबार (आज)लाई तोकिएको छ ।

द्वन्द्वपीडितका तर्फबाट अधिवक्ता ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीले गत मंगलबार दुईवटा रिट दर्ता गराएका थिए । सर्वोच्चले दाहाललाई आज बिहान १० बजे अदालतमा उपस्थित हुनु भनेको छ ।

दाहालले २०७६ माघ १ गते एक कार्यक्रममा द्वन्द्वकालमा मारिएका १७ हजार मध्ये पाँच हजार नागरिकको जिम्मा आफूले लिने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाइ प्रचलित कानुन बमोजिम पक्राउ गरी सजाय गर्न माग गर्दै रिट दर्ता भएको हो ।

    सम्बन्धित समाचार...