२३ बैशाख २०८१, आईतवार

आफूले दिएका अभिव्यक्तिको गलपासोमा नेताहरु

prachanda pm

नेपाली राजनीतिमा बेलाबखत नेताहरु आफूले दिएका अभिव्यक्तिको कारण चर्चा र आलोचनामा पर्ने गरेका छन् । नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) मिलेर बनेको तत्कालीन नेकपाका केन्द्रीय सदस्य एवं कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले काठमाडौंको एक कार्यक्रममा आफैले दिएको अभिव्यक्तिका कारण आलोचना मात्रै खेप्नु परेन, उनले मन्त्री पदनै गुमाउनुपर्यो ।

२०७८ जेठ २८ गते बागमती प्रदेश सभाको बैठकमा बोल्दै नेपाली कंग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम बैद्यले एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दिएको अभिव्यक्तिले धेरैको ध्यान तानेको थियो । उक्त अभिव्यक्तिलाई लिएर निक्कै आलोचना भएपछि आफनो अभिव्यक्ति सच्याउँदै उनले सार्वजनिक रुपमा माफी मागेका थिए ।

पछिल्लो समय आफैंले दिएको अभिव्यक्तिको कारण बहालवाला प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ विरुद्ध अदालतमा रिट दायर भएको छ ।

२०७६ सालको माघ १ गते काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्दकालमा मारिएका १७ हजारमध्ये आफूले ५ हजारको जिम्मा लिने बताएका थिए । उनको अभिव्यक्तिलाई लिएर अधिवक्ताहरु ज्ञानेन्द्रराज आरण, जितेन्द्र मोक्तान, कल्याण बुढाथोकी ,सुवास गिरी लगायतले आज प्रचण्ड विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका छन् । उक्त मुद्दाको पेसी आगामी फागुन २५ गतेलाई तोकिएको छ ।

    सम्बन्धित समाचार...