१३ बैशाख २०८१, बिहीबार

आकासियो अमेरिकि डलर

dollar

नेपाल राष्ट्र बैंकले आइतबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकेको छ । शुक्रबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५६ पैसा तोकिएको थियो ।

हामीकहाँ डलर भाउ महँगो हुनुमा एक प्रमुख कारण भारु कमजोर हुनु पनि हो । भारुसँग नेपाली रुपैयाँको स्थिर विनिमय दर छ र भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने गर्छ ।

विश्व अर्थतन्त्र सुस्त भइरहेको छ । यही क्रममा कोरोना संक्रमणले भारतीय मुद्रा पनि कमजोर भएको छ ।

पेट्रोलियम पदार्थ र सेयर बजार तल झर्दा विदेशी लगानीकर्ता सुन र डलरमा बढी आकर्षित भएका छन । यतिबेला अन्तर्राष्ट्रिय लगानीकर्ताहरु पनि डलर कारोबारमा बढी केन्द्रित भएका छन् ।

नेपालमा डलरको भाउ बढ्दा लाभ तथा नोक्सानको मिश्रित प्रभाव पर्ने अर्थविद्हरु बताउँछन् ।