१३ बैशाख २०८१, बिहीबार

दिनदिनै डलरको भाउमा रेकर्ड, युरोपियन युरो र अष्ट्रेलियन डलरमा पनि वृद्धि

dollar

अमेरिकी डलरको भाउ नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलरको भाउ १२५ रुपैयाँ २१ पैसा रहेको छ । एक महिनादेखि १२४ रुपैयाँ वरपर रहेको डलरको भाउ मंगलबार देखि १२५ रुपैयाँमा उक्लिएको हो । 

युरोपियन युरोमा पनि सामान्य वृद्धि आएको छ । युरो १३१ रुपैयाँ ३० पैसा रहेको छ । 

अष्ट्रेलियन डलरमा पनि सामान्य वृद्धि आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २ पैसा रहेको छ । आज पाउन्ड स्टेर्लिङको भाउ प्रतिपाउन्ड स्टेर्लिङ १५१.६१ रुपैयाँ कायम भएको छ ।