१६ चैत्र २०८०, शुक्रबार

अहिलेसम्मकै उच्च बिन्दुमा अमेरिकी डलरको भाउ

dollar

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ ।

पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो ।

आज युरो १ को खरिददर १३१.६३ पैसा र विक्रीदर १३२.२६ पैसा रहेको छ ।

यस्तै अष्ट्रेलियन डलर १ को खरिददर ८६.३१ पैसा विक्रीदर ८६.७२ पैसा तोकेको छ । जापनी येन १० को खरिददर ९.१९ पैसा र विक्रीदर ९.२४ पैसा रहेको छ । चाइनिज युआन १८.६३ पैसा खरिददर रहेको छ भने विक्रीदर १८.७२ पैसा रहेको नेपाल राष्ट्र बैंकको बिवरणमा उल्लेख छ ।