१४ बैशाख २०८१, शुक्रबार

अध्यक्ष ओलीको प्रश्न – ‘संविधानसभाकै लागि १६ हजार मान्छे मर्नुपर्छ र ?’

kp oli

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाकै लागि १७ हजार मान्छे मर्नुपर्छ र ? भन्दै प्रश्न गरेका छन् । उनले माओवादी जनयुद्धले राजतन्त्रको अन्त्य नगरको दाबी पनि गरेका छन् । अध्यक्ष ओलीले २०६५ सालमा गएर राजतन्त्र संविधान सभाले हटाएको सुनाए ।

आज (आइतबार) सुखानी सहिद स्मृति दिवसको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले २०५२ सालपछि राजनीतिक स्वार्थका लागि १७ हजार मान्छे मारेको आरोप लगाए ।

उनले भने,‘नेपालमा भएको के थियो के प्राप्तिको लागि मारिए ? बहुदलीय व्यवस्था आएकै थियो । के को लागि मारिए त भन्दा अनौठो छ । आज गणतन्त्रका लागि भनिन्छ । ०६३ सालको सुरूमा द्वन्द्व र हिंसा समाप्त भयो । ०६३ सालमा वृहत शान्ति सम्झौता भयो कात्तिकमा ।’