१५ बैशाख २०८१, शनिबार

भागबन्डा मिलाउन आठदलीय गठबन्धनको बैठक ४ बजे बस्दै

aa 2
फाइल फोटो

पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचनबारे छलफल गर्न आज आठ दलीय गठबन्धनको बैठक बस्दैछ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

बैठकले पछिल्ला राजनीतिक घटनाक्रमसँगै राष्ट्रपति निर्वाचन र सरकारमा सहभागी हुने बारेमा छलफल गर्ने बताइएको छ ।

नेकपा एमाले सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले १६ वटा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । यति धेरै मन्त्रालय मन्त्रीविहीन भए पनि दाहालले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् ।

गठबन्धनका आठ वटै दलले महत्त्वपूर्ण मन्त्रालय माग गर्न थालेपछि प्रधानमन्त्री दाहाललाई अप्ठ्यारो परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा अहिले माओवादी केन्द्रबाट ५ र जनमत पार्टीबाट एक गरी ६ जनामात्र मन्त्री छन् । गृह, अर्थ, परराष्ट्रलगायतका महत्त्वपूर्ण १६ मन्त्रालय मन्त्रीविहीन छन् ।

विशेष गरी गृह, अर्थ, परराष्ट्र, भौतिक पूर्वाधार, शिक्षा, सञ्चारजस्ता मन्त्रालयमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको दाबी छ ।

कांग्रेसले अर्थसहित विगतमा एमालेले सम्हालेका मन्त्रालय पाउनुपर्ने भन्दै आन्तरिक छलफल बढाएको छ । सरकारको नेतृत्व गरेको माओवादीले पनि गृह र भौतिक पूर्वाधार जस्ता मन्त्रालयले नछाड्ने मनस्थिति बनाएको छ ।

    सम्बन्धित समाचार...