२५ बैशाख २०८१, मंगलवार

इंग्लिस प्रिमियर लिग: आर्सनलको पुरागमन जित

arsenal bournemouth

इंग्लिस प्रिमियर लिगमा आर्सनलले बर्नमाउथमाथि ३ – २ गोलको पुनरागमन जित हात पारेको छ ।

इमिरेट्समा आर्सनल २-० गोलले पछि परेको अवस्थामा खेलमा कमब्याक गरेको हो । पाहुना टोली बर्नमाउथलाई अग्रता बनाउन मात्रै ९.११ सेकेण्ड लागेको थियो । प्रिमियर लिगमा यो सबैभन्दा दोस्रो छिटो गोल हो । यस अघि सन् २०१९ मा सेन लोङले साउथह्याम्पटनका लागि वाटफोर्डविरुद्ध मात्रै ७.६९ सेकेण्डमा गोल गरेका थिए । उसका लागि फिलिप बिलिङले गोल गरेका हुन् ।

५७ औँ मिनेटमा मार्को सेनेसीले हेडर गोल गरेर टिमको अग्रता दोब्बर बनाए । तर त्यसको पाँच मिनेटपछि आर्सनल खेलमा फकिर्यो । तीन सातामा पहिलो पटक लाइनअपमा स्थान बनाएका थोमसले पोस्ट नजिकैबाट गोल गरेका हुन् । दोस्रो हाफमा मैदान प्रवेश गरेका बेन वाइटले ७० औँ मिनेटमा अर्को गोल थपेपछि खेल २-२ गोलको अवस्थामा आयो । उनको गोलमा रिस नेल्सनले गोल गरेका हुन् । लगभग अंक बाड्ने अवस्थामा पुगेको आर्सनलका लागि नेल्सनले करिब २५ यार्ड परबाट गोल गर्दै टिमको ३ – २ गोलको जित सुनिश्चित बनाएका हुन् ।

यो जितसँगै आर्सनलले आफ्नो पाँच अंकको अग्रता कायमै रोखेक छ। मिकेल आर्टेटाको टोलीले २६ खेलबाट ६३ अंक बनाएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ५८ अंक छ । सिटीले गएराति भएको खेलमा न्युक्यासललाई २ – ० गोलले हरायो । इतिहादमा भएको खेलमा १५ औँ मिनेटमा फिल फोडेन र ६७ औँ मिनेटमा बर्नाडो शिल्भाले गोल गर्दै टिमको जित सुनिश्चित बनाए । यस्तै गएराति नै चेल्सीले लिड्सलाई १ – ० गोलले हराएको छ । स्टाम्फर्ड ब्रिजमा भएको खेलमा ५३ औँ मिनेटमा वेल्से फोफानाले गोल गरेका हुन् । फेब्रुअरी ११ पछि चेल्सीको यो पहिलो गोल हो । 

    सम्बन्धित समाचार...