१६ बैशाख २०८१, आईतवार

विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री दाहाल आफ्नो पार्टीसँगको गठबन्धनबाट भागे

KP sharma oli
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओलीले विदेशी शक्तिलाई रिझाउन प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो पार्टीसँगको गठबन्धनबाट भागेको आरोप लगाएका छन् ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रममा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले अपर मुस्ताङमा भारतलाई बौद्ध विश्वविद्यालय खोल्न दिने र भारतीय तरकारीको विषादी परीक्षण रोक्न दाहाल आफैअघि बढ्नु त्यसको संकेत भएको बताए । माथिल्लो मुस्ताङ जहाँ मान्छे नै बस्दैनन् त्यहाँ किन विश्वविद्यालय खोल्न पर्‍यो भन्दै उनले यो चीन विरुद्धको गद्दारी मात्र नभएर सार्वभौमसत्ता र स्वाधीनतालाई अस्वीकार गरेको उनको टिप्पणी छ ।

ओलीले मुस्ताङमा ३१ सालमा भन्दा ठूलो मात्रामा विदेशी हस्तक्षेप बढाउन खोजिएकोसमेत आरोप लगाए । आजै भक्तपुरको एक अर्को कार्यक्रममा ओलीले आफ्नो पार्टीविरुद्ध सबैतिरबाट घेराबन्दी भएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । उनले पार्टीमाथि  प्रहार गर्नेहरुको प्रतिकार गर्न पार्टी निकट बुद्धिजीवीहरूलाई आग्रह गरे ।

    सम्बन्धित समाचार...