२१ बैशाख २०८१, शुक्रबार

कस्ताे छ तीन दिनकाे माैसम ?

mausam weather

आंशिक मौसम बदली भइ आज देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षा हुनेछ । साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति कोसी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

भोलि (आइतबार) कोसी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी र वाग्मती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । साथै लुम्बिनी प्रदेशका केही भू-भागका थोरै स्थानहरूमा हावा हुरीको सम्भावना छ।

आइतबार राति कोसी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात हुनेछ ।

सोमबार गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना छ।

    सम्बन्धित समाचार...