२१ बैशाख २०८१, शुक्रबार

भ्रष्टाचार मुद्दामा कांग्रेस सांसद गुरुङ दोषी ठहर, ५ जनालाई सफाइ

tekbahadur gurung 1024x575 1

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

विशेष अदालतले भुकृटीमण्डपको जग्गा भाडा अनियमितता प्रकरणमा नेपाली कांग्रेसका निलम्बित सांसद टेकबहादुर गुरुङसहित ९ जनालाई दोषी ठहर गरेको हो । अदालतका अध्यक्ष श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङसहित ९ जनालाई दोषी ठहर गर्ने फैसला सुनाएको हो । उनीहरुमाथि सजाय फागुन २५ गते निर्धारण हुने गरी पेसी तोकिएको छ ।

सोही मुद्दामा ५ जनालाई भने सफाइ मिलेको छ । रजिस्ट्रार अशोक क्षेत्रीकाअनुसार बलबहादुर सुनार, मदन रिमाल, रत्न गाहामगर, प्रेमसिं धामी र बलदेव चाैधरीलाई सफाइ मिलेको हो ।

भृकुटीमण्डपको जग्गा भाडामा अनियमितता गरेको आरोपमा गुरुङसमेतलाई विपक्षी बनाउँदै २०७५ माघ २१ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

बद्रीप्रसाद न्यौपाने महिला बालबालिका तथा समाज कल्याणमन्त्री भएका बेला भृकुटीमण्डपको ६० रोपनी जग्गा प्रतिमहिना पाँच लाख ५५ हजार भाडामा १० वर्षका लागि काठमाडौं फनपार्कलाई दिने निर्णय भएको थियो ।

गुरुङ भृकुटीमण्डप फनपार्कको मेला सञ्चालक थिए ।

    सम्बन्धित समाचार...