३१ बैशाख २०८१, सोमबार

चार महिनापछि उपत्यकामा वर्षा, वर्षा लामो समयसम्म नरहने

rain weather

पश्चिमी वायुको प्रभावले उपत्यकामा पानी परेको छ । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाका अनुसार गत अक्टोबर १४ पछि उपत्यकामा वर्षा भएको हो ।

पश्चिमी वायुको प्रभावले वर्षा भए पनि यो लामो समयसम्म नरहने महाशाखाका मौसमविद् विनु महर्जनले जानकारी दिइन् । उनका अनुसार यो वर्षा लामो समय नटिक्ने अर्थात् विस्तारै प्रभाव घट्दै जानेछ ।

‘काठमाडौंको उत्तरी भेकतिर पनि पानी परेको छ । लगभग काठमाडौंका धेरै ठाउँमा पानी परेको सूचना प्राप्त भएको छ,’ मौसमविद् महर्जनले भनिन्, ‘गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही स्थानमा पनि अहिले वर्षा भइरहेको छ ।’

उनका अनुसार यो वर्षा एकै ठाउँमा मात्र नभई फरक-फरक क्षेत्रमा हुनेछ । ‘प्रभाव पनि विस्तारै घट्ने छ,’ उनले भनिन् ।

वर्षाले उपत्यकाको मौसम चिसो महसुस भएको छ । लामो समयको अन्तरालपछि भएको वर्षाका कारण किसान खुसी बनेका छन् । सुकेका खेतबारीमा पानी परेसँगै बाली फस्टाउने अपेक्षा गरिएको छ ।

    सम्बन्धित समाचार...