३१ बैशाख २०८१, सोमबार

जनतालाई धोका दिनेलाई देशले चिन्ने छ, चिनिँदै जाने छ : अध्यक्ष ओली

kp oli
फाइल फोटो

शनिबार राष्ट्रपतिको मनोनयमा दर्तापछि पहिलो पटक आइतबार सार्वजनिक कार्यक्रममा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लक्षित विभिन्न टिप्पणी गरेका छन्।

शनिबारमात्रै राष्ट्रपतिमा उम्मेद्‍वारी दर्ता गराएर महेन्द्रनारायण निधि स्मृती कार्यक्रममा सहभागी हुँदै प्रधानमन्त्री प्रचण्डलेपनि ओली लक्षित विभिन्न टिप्पणी गरेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका छन्। जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जनतालाई धोका दिनेलाई देशले चिन्ने र चिनिँदै जाने बताएका हुन्।

अध्यक्ष ओलीले कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डलाई मसँग काम गर्दा काले काले मिलेर खाउँ भाले हुन नसक्ने बताएका हुन्।

उनले बिरालोलाई दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नो जस्तो हुनेभन्दै प्रचण्डमा पनि त्यही स्वभाव रहेको बताउँदै भने, ‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्किहाल्नुहुन्छ।’

‘जनतालाई धोको दिनुभो, सहयोद्धालाई धोका दिनुभो, जनतालाई धोका दिनुभो, आफूलाई त्यस ठाउँमा पुर्याउनेलाई धोका दिनुभो भने मलाई धोका दिनु कुन ठूलो कुरा ?’, ओलीले प्रश्न गरे।

उनले भने, ‘जनतालाई धोका दिनेलाई देशले चिन्ने छ। विस्तारै चिनिँदै जाने छ। कहिले कहिले लडाउनेको नियत खराब हुनसक्छ। सपना देखाउनेका सपनाको वितरण भ्रमणपूर्वक हुनसक्छ। तर लड्नेहरूले आफ्नो नभइ अरुको सुन्दर भविष्यका लागि लडेको हुन्छन्।’