२५ बैशाख २०८१, मंगलवार

पूर्वराजा ज्ञानेन्द्रलाई ठीक ठाउँमा बस्न मोदीको चेतावनी

aman lal modi
फाइल फोटो

नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा संघीय मामिलामन्त्री अमनलाल मोदीले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ठीक ठाउँमा बस्न चेतावनी दिएका छन् । उनले पूर्वराजा ज्ञानेन्द्र शाहले देशलाई खल्बल्याउन खोजेको टिप्पणी गरे ।

आज (शुक्रबार) आयोजित फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो चेतावनी दिएका छन् । उनले गणतन्त्रका लागि हजारौं हजार सडकमा भएको भन्दै मुलुक फेरि पश्चगमनतिर नजाने ठोकुवा गरे ।

पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्रले फागुन ७ गतेको प्रजातन्त्र दिवसको अघिल्लो दिन शुभकामना सन्देश जारी गर्दै राजसंस्था र दलहरुबीच सहकार्यको आवश्यकत्ता औंल्याएका थिए । उनले अहिलेको व्यवस्थाप्रति जनता निराश रहेको संकेत गर्दै नयाँ ढंगले मुलुकलाई अघि बढाउन प्रस्ताव गरेका थिए ।

    सम्बन्धित समाचार...