७ बैशाख २०८१, शुक्रबार

नेपालसँगको भेटपछि दाहालले भने- पुरानो गठबन्धन ब्युँताउनेबारे फाइनल भएको छैन

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच दलीय गठबन्धन ब्युँताउने विषय निष्कर्षमा पुगिनसकेको जनाएका छन् ।

सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बिहीबार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् ।

राष्ट्रपति निर्वाचनसम्बन्धमा दुई नेताबीच करिब आधा घण्टा छलफल भएको थियो । छलफलपछि बाहिरिने क्रममा पत्रकारले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले फागुन १३ गते राष्ट्रपतिको उम्मेदवारको टुंगो लाग्ने जवाफ दिए ।

साथै पुरानो गठबन्धन ब्युँताउन लागिएको हो भन्ने प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘अहिले नै फाइनल भइसकेको छैन ।’

माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवारको रुपमा एमालेले प्रस्ताव गरेसँगै माओवादी केन्द्र र नेपाली कांग्रेसले पाँच दलीय गठबन्धनलाई ब्युँताउने विषयमा छलफल अगाडि बढाएका छन् । सत्ता समीकरण बदल्ने रणानीतिका साथ कांग्रेसले पुरानो गठबन्धन ब्युँताउने पहल गरिरहेको छ ।

बुधबार माओवादी र कांग्रेसका नेताहरुबीच यस विषयमा लामै छलफल भएको थियो ।

    सम्बन्धित समाचार...