२६ बैशाख २०८१, बुधबार

स्कटलयान्डका मुख्य प्रशिक्षक सेन बर्गर भन्छन् – कुनै पनि किसिमको हिंसा समर्थन गर्दैनौं

Capture 8

स्कटलयान्डका मुख्य प्रशिक्षक सेन बर्गरले आफूहरुले कुनै पनि किसिमको हिंसा समर्थन नगर्ने प्रतिक्रिया दिएका छन् । स्कटल्यान्डले जबरजस्ती करणी आरोप लागेका नेपाली टिमका खेलाडी सन्दीप लामिछानेसँग खेल सकिएपछि हात मिलाउन अस्वीकार गरेको थियो ।

खेल सकिएपछि खेल भावना दर्शाउन खेलाडीबीच हात मिलाउने चलन छ । तर स्कटल्यान्डले नेपालविरुद्धका दुवै खेलमा सन्दीपसँग हात मिलाएन् । यसबारे सोधिएको प्रश्नमा प्रशिक्षक बर्गरले आधुनिक समाजमा यस्तो किसिमको हिंसा सहृय नहुने भन्दै व्यक्तिगत र स्कटल्यान्ड क्रिकेट संघ सदैव विरुद्धमा उभिने बताए । साथै उनले नेपाल क्रिकेट संघ क्यानलाई हात नमिलाउनेबारे पहिले नै जानकारी दिएको पनि प्रस्ट पारे ।

पवेलियनमा रहेका तीन अफिसियलले भने सन्दीपसँग फिस्ट बम्प गरेका थिए । सन्दीपमाथि नाबालिग जबरजस्ती करणीको आरोप लागेको छ । उनलाई गत पुस २८ गते पाटन उच्च अदालतले २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।

सन्दीपलाई विदेश जान रोक लगाइएको छ । महान्याधिवक्ताको कार्यालयले उच्च अदालतको आदेश त्रुटिपूर्ण भन्दै थुनामानै राखेर मुद्दा अघि बढाउन माग गर्दै सर्वोच्चमा निवेदन दिएको छ । क्यानले सन्दीपमाथि लागेको निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरेपछि आलोचना भइरहेको छ । अहिले क्यान सन्दीपलाई राष्ट्रिय टिमसँग यूएई भ्रमणमा लैजाने प्रयासमा छ ।

    सम्बन्धित समाचार...