२५ बैशाख २०८१, मंगलवार

अपडेट : स्कटल्यान्डविरुद्ध सन्दीपले लिए ४ विकेट

331920817 716574406826105 5800848644297623051 n

नेपालका सन्दीप लामिछानले स्कटल्यान्डविरुद्धको खेलमा लगातार २ सहित ४ विकेट लिएका छन् ।

सन्दीपले एकै ओभरमा दुईसहित जारी खेलमा स्कटल्यान्डको ४ विकेट लिएका हुन् ।

७ ओभर ५ बलमा स्कटल्यान्डको पहिलो विकेट लिएका सन्दीपले १३.५ र १३.६ ओभरमा लगातार दुई विकेट लिए । यस्तै २१.३ ओभरमा सन्दीपले चौथो विकेट लिएका हुन् ।

योसँगै जारी सिजनमा सन्दीपले १४ विकेट पूरा गरेका छन् ।

सन्दीपले व्यक्तिगत चौथो विकेटको रुपमा टोमस म्याकिन्टसलाई आउट गरेका हुन् । सन्दीपको बलिङमा उनलाई सन्दीप जोराले क्याच आउट गरेका हुन् ।

स्कटल्यान्डका कप्तान रिची बेरिङटोन पहिलो बलमै सन्दीपको बलिङमा एलबीडब्लु धरापमा परे । त्यसअघि ओपनर जर्ज मुन्सी ६० रन बनाएर बोल्ड आउट भएका थिए । मुन्सी बोल्ड भएपछि क्रिजमा आएका कप्तान बेरिङटोन क्रिजमा टिक्न सकेनन् ।

विस्फोटक पारी खेल्दै मुन्सीले अर्धशतक पूरा गरे । उनले ९ चौका र २ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यसअघि अर्का ओपनर काइल कोएत्जरले ४ चौकासहित २२ रन बनाए । उनी पनि सन्दीपको बलमा एलबीडब्लु धरापमा परेका थिए ।

यससँगै स्कटल्यान्डले ५ विकेट गुमाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग टु त्रिकोणात्मक सिरिजअन्तर्गतको अन्तिम खेलमा स्कटल्यान्डले २४ ओभरमा ५ विकेट गुमाएर १२९ रनका साथ खेलिरहेको छ ।

जारी सिरिजमा नेपाल अपराजित छ भने स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो।

नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ । यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनैपनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।

    सम्बन्धित समाचार...