३१ बैशाख २०८१, सोमबार

सन्दीपले लिए स्कटल्यान्डको पहिलो विकेट

Sandeep 1676952382

नेपालका सन्दीप लामिछानेले स्कटल्यान्डको पहिलो विकेट लिएका छन् । आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको स्कटल्यान्डले पहिलो विकेट गुमाएको हो ।

ओपनर काइल कोएत्जर २२ रन बनाएर लामिछानेको बलिङमा एलबीडब्लु धरापमा परेका हुन् । उनले २३ बलको सामना गर्दा ४ चौका प्रहार गरे । स्कटल्यान्डले ४३ रन बनाउँदा १ विकेट गुमाएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु भएको खेलमा टस जितेर नेपालले पहिले फिल्डिङ गरिरहेको हो ।

ओपनर ब्याटर जर्ज मुन्सीलाई साथ दिन स्कटकल्यान्डको तेस्रो ब्याटरको रुपमा क्रिस्टोफर म्याब्राइड क्रिजमा आएका छन् ।

जारी सिरिजमा नेपाल अपराजित छ भने स्कटल्यान्डको लिग टु सिरिजमा यो अन्तिम खेल हो।

नेपाललगातार चौथो जित हात पार्दै घरेलु भूमिमा शतप्रतिशत नतिजा निकाल्ने लक्ष्यमा छ । यसअघि पहिलो खेलमा नेपालले स्टकल्यान्डलाई ३ विकेटले पराजित गरेको थियो ।

नामिबियाविरुद्ध दुवै खेलमा नेपालले जित हात पारेपछि शीर्ष तीनमा रहने सम्भावना पनि बढेको छ । यदि आज हार टारे नेपाल लिग टु सिरिजमा घरेलु भूमिमा चारै खेल जित्ने पहिलो टोली बन्ने छ । यस्तै स्कटल्यान्डलाई लिग टु को पुरै सिरिजमा कुनैपनि टिमले लगातार दुई खेलमा हराउन सकेको छैन ।

उच्च फर्ममा रहेको नेपाल सोही लयलाई निरन्तरता दिन चाहन्छ । कप्तान रोहित पौडेलले मामेन्टम नेपालको पक्षमा रहेको र आज पनि त्यसैलाई निरन्तरता दिने बताएका छन् । अघिल्ला खेलमा गरेको प्रदर्शनले २ सय ८० माथि रनको लक्ष्य पनि पूरा गर्न सक्छौ भन्ने आत्मविश्वास ब्याटरमा रहेको उनको भनाइ छ ।

हिजो (सोमबार) भएको खेलमा स्कटल्यान्डसँग नामिबिया पराजित भएपछि त्यसको फाइदा पनि नेपाललाई पुगेको छ । लिग टु च्याम्पियन स्कटल्यान्ड अन्तिम खेल जित्दै ट्रफी उचाल्न चाहन्छ । स्कटल्यान्डलाई लिग टुको ट्रफी आजै प्रदान गरिनेछ । कप्तान रिच्ची बेरिङटनले ३ खेल जितेर मनोबल उच्च बनाएको नेपाललाई हराउन सहज नहुने बताए ।

    सम्बन्धित समाचार...