२४ बैशाख २०८१, सोमबार

किन लक्ष्यअनुसार राजस्व संकलन गर्न सकेन ?

Karnali I2VYaB4kim

कर्णाली प्रदेश सरकारले विभिन्न २४ शीर्षकमा आन्तरिक राजश्व सङ्कलन गर्दै आए पनि चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्यको ३५ प्रतिशत मात्रै राजश्व सङ्कलन भएको छ । ३६ करोड १६ लाख आम्दानी हुँदा १० करोड ३९ लाख ४ हजार बेरुजु तथा निस्सा फिर्ता भएको हो ।

बाँकी ६ महिनामा राजश्व सङ्कलनको सरकारी लक्ष्य पूरा हुन मुस्किल हुने देखिन्छ । आम्दानीको मुख्य स्रोत सवारीसाधन र ढुंगागिट्टी बालुवामा लाग्ने करलाई स्थानीय तहसँग समन्वय गरी सुधार गर्न सके प्रदेश सरकारले लक्ष्य भेटाउनसक्ने प्रदेश लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको राजस्वको प्रमुख स्रोत घरजग्गा रजिस्ट्रेसन, कृषि, यातायात, मनोरञ्जन, विज्ञापन र नदीजन्य वस्तु तथा उत्पादन हुन् । कर्णाली जडिबुटी उत्पदान र पर्यटनको प्रचूर सम्भावना भएको प्रदेश हो । वन प्रादेशिक क्षेत्राधिकारभित्र परेपनि महत्वपूर्ण जडिबुटीको राजश्व संघीय सरकारले उठाउने र पर्यटन क्षेत्रमा पूर्वाधार विकास नभएकाले कम राजश्व उठेको सांसद बताउँछन् ।

आन्तरिक आम्दानी वृद्धि तथा खर्च प्रणालीमा सुधार गर्न विभिन्न योजना बनाएर अघि बढ्ने तयारी सरकारले लिएको छ । प्रदेशको आन्तरिक आम्दानी बढाउन प्राकृतिक स्रोत साधनको निर्यात र पूर्वाधार विकासका लागि बजेट विनियोजन गर्दा आम्दानी दिगो हुने गरी गर्नुपर्ने सरकारी पक्षको भनाइ छ ।

आन्तरिक आम्दानी थोरै हुँदा कर्णाली सरकारले संघकै भरमा वाषिर्क बजेट ल्याउनुपर्ने बाध्यता छ । आम्दानीका स्रोतको पहिचानमा कमी हुनु र कर सङ्कलन प्रणाली व्यवस्थित नगरिादा प्रदेश सरकारको अर्थतन्त्र संघको अनुदानप्रति निर्भर छ ।

    सम्बन्धित समाचार...