१६ बैशाख २०८१, आईतवार

अन्तर्राष्ट्रिय विमानस्थलका नौ पसललाई जरिवाना

tribhuvan international airport

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल र आन्तरिक टर्मिनलभित्र रहेका चिया एन्ड कफी, लस्सी, जुसलगायतका उपभोग्यवस्तु बिक्री गर्ने पसलहरूले देश भित्रिने र बाहिरिने यात्रुसँग मनपरी शुल्क लिने गरेका छन् ।

यो ठाउँमा गएर जाने वा आउने यात्रुले चिया वा कफी जुस वा कुनै वस्तु किन्नुपर्‍यो भने बाहिरभन्दा तेब्बरसम्म बढी मूल्य तिर्न बाध्य हुँदै आएका छन् । कुनै पनि वस्तु र सेवाको अनुचित मूल्य लिनु कानुनी रूपमा अपराध हो ।

विमानस्थलका पसलले यात्रुसँग मूल्यसँगै गुणस्तरमा समेत ठगी भएको पाइएको छ । वस्तु र सेवाका नाममा मनपरी शुल्क लिनेलाई नियमन र अनुगमन गरी अनुचित कारोबार भएको पाइएमा कारबाही गर्ने अधिकार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको हो ।

विमानस्थलभित्र एक कफ चिया पिउने पैसाले बाहिरका सामान्य होटलमा पेटभरि खाना खान पुग्छ । यो विषयमा यसअघि राष्ट्रिय मानव अधिकार आयोगले विमानस्थलका रहेका पसलको मूल्य, गुणस्तरको नियमन र अनुगमन गरेर कानुनी कारबाहीका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सिफारिस गरेको थियो ।आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित समाचार...