१७ बैशाख २०८१, सोमबार

भण्डारीको पहिलो शल्यक्रिया सफल, दोस्रो बाँकी

chandra

खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल भएको छ । भारतको महाराष्ट्र राज्यको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा डा. भण्डारीको शुक्रबार दायाँ खुट्टामा जलेको भागमा शल्यक्रिया गरिएको भण्डारीका सहयोगी माधव न्यौपानेले मुम्बईस्थित उक्त अस्पतालबाट जानकारी दिएका हुन् ।

शुक्रबार दायाँ र बायाँ खुट्टाको शल्यक्रिया गर्ने तालिका रहे पनि पहिलो शल्यक्रियाका क्रममा बढी क्षति भएको पाइएपछि दोस्रो शल्यक्रिया हुन नसकेको हो । पहिलो शल्यक्रियाको अवस्थामा सुधार हेरी दोस्रो शल्यक्रिया गरिने न्यौपानेले जानकारी दिए । डा. भण्डारीको उपचार मा संलग्न मुख्य सर्जन डा. सुनील के सवानीका अनुसार दायाँ खुट्टामा जलनबाट गहिरो घाउ बने का कारण शल्यक्रियामा लामो समय लागे को थियो । चिकित्सकले बायाँ खुट्टाको घाउ भने त्यति ठूलो नभएको बताएका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    सम्बन्धित समाचार...