
संयुक्त राष्ट्र संघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलोपल्ट नेपाल निर्वाचित भएको छ ।
पहिलोपटक नेपालका तर्फबाट राष्ट्रसंघका लागी नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले निर्वाचित भएका हुन् ।
राष्ट्रसंघ महासभामा हुने ६ वटा मुख्य कमिटीमध्ये उक्त कमिटी पनि निकै महत्वपूर्ण मानिन्छ । यो कमिटीको नेतृत्व गरेसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाललाई सकारात्मक भूमिका निर्वाह गर्ने महत्वपूर्ण अवसरको ढोका खुलेको न्युयोर्कस्थित नेपाली नियोगले जनाएको छ ।
न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपल्ट नेपालका तर्फबाट राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको छ ।
विश्वका अल्पविकसित देशहहरुले सामना गर्र्दै आइरहेका समस्याहरुमा केन्द्रीत हुने भएकोले पनि आर्थिक तथा वित्तिय कमिटीको महत्व बढेको छ ।
अल्पविकसित देशले सामना गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यसलाई महत्वका साथ हेरिने गरिन्छ ।
राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ । नेपालका लागि यसलाई एउटा महत्वपूर्ण अवसरका रुपमा लिइएको छ ।
