१६ चैत्र २०८०, शुक्रबार

ललितपुरमा बम राखेर भाग्दै गरेको अवस्थामा प्रतिबन्धित विप्लव नेकपाका नेता पक्राउ

bioplab bomb lalitpur

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाका एक नेता शुक्रबार साँझ पक्राउ ।

पेस्ताल र ३ सकेट बमसहित चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेता पक्राउ परेका छन्। उनी ललितपुर महानगरपालिका ११ स्थित उनकै घरबाट पक्राउ परेका हुन्।

ललितपुरको पुल्चोकमा विस्फोट गराउने उद्देश्यका साथ बम राखेर भाग्दै गरेको अवस्थामा पाटन बस्ने श्याम महर्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

बम राखेर उनी भाग्न लागेको स्थानीयले देखेपछि उनलाई तत्काल महानगरीय प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

बगलामुखी मन्दिर नजिकै इखाछेंमा राखिएको बमलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ। घरेलु बम डिस्पोज गराउने क्रममा उक्त एरियामा ठूलो आवाज आएको थियो।

विप्लव नेकपा नेता सानुराम वज्राचार्य पक्राउ परेको राईले जानकारी दिएका हुन्। उनी महासचिव विप्लवको डिसिएम भएको समेत प्रहरीले जानकारी दिएको छ।

उनले राखेको सकेट बम भएको र त्यसलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारिसकेको राईले बताए । पक्राउ परेका महर्जन विप्लव नेकपाको केन्द्रीय सदस्य रहेको खुलेको प्रहरीले जनाएको छ । वज्राचार्यलाई हातहतियार तथा खरखजान मुद्दामा अनुसन्धान सुरु गरिएको बताए।

उनले बम राख्नुको कारण र यससँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।