२६ बैशाख २०८१, बुधबार

 फिल्म ‘जारी’ को टिजर सार्वजनिक

Dayahang Rai Miruna Magar Prem Subba Bijay Baral Rekha

आगामी नयाँ वर्ष अर्थात् बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जारी’को टिजर सार्वजनिक भएको छ ।

उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको जारी’ को टिजरमा पूर्वी पहाडको लिम्बू समुदायको परम्परा, संस्कृति, भेषभूषा र परिवेशलाई प्रस्तुत गरिएको छ । यो फिल्म उपेन्द्र सुब्बाको डेब्यु निर्देशकीय फिल्म हो ।

मंगलवार सार्वजनिक गरिएको दृश्यकाव्य टिजरमा संवादहरु भने छैनन्। दुई मिनेट ४६ सेकेन्ड लामो टिजर कविताबाट सुरु भएर कवितामै टुंगिएको छ। पारिवारिक भूमिकामा देखिएका दयाहाङ राई र मिरुना मगर बिचको मायाप्रेम र उनीहरुको सम्बन्धका आएको उतारचढावको कथा समेटिएको छ।

फिल्मका निर्माता रामबाबु गुरुङ हुन्। जारी प्रथामाथि आधारित रहेको फिल्ममा दयाहाङ र मिरुनाबाहेक प्रेम सुब्बा, विजय बराल, रेखा लिम्बू, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ।

यस्तै, फिल्ममा सुरेश लिम्बूको कथा, झुमा लिम्बू र गङ्गा थापाको सङ्गीत, शैलेन्द्र कार्कीको छायाङ्कन र निमेष श्रेष्ठको सम्पादन छ ।

यसअघि दयाहाङ र मिरुना सर्वाधिक कमाउने रेकर्ड राखेको फिल्म ‘कबड्डी- ४’मा मुख्य भूमिकामा देखिएका थिए।

    सम्बन्धित समाचार...