२४ बैशाख २०८२, बुधबार

गगन थापाको उद्घोष : फागुन १० गतेभित्र सत्ता गठबन्धन भत्किन्छ

gagan 2
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले फागुन १० गतेसम्म सातदलीय सत्ता गठबन्धन भत्किएर पुरानो पाँच दलीय गठबन्धन ब्युँतिने दाबी गरेका छन् ।

रुपन्देहीको क्षेत्र नम्बर १ मा सोमबार आयोजित कार्यकर्ता भेलामा महामन्त्री थापाले भने, ‘नेपाली कांग्रेस पुसको १० गते निर्माण भएको एमाले नेतृत्वको गठबन्धन फागुनको १० गतेसम्म भत्किन्छ ।’ उनले प्रधानमन्त्री पुष्पकमल दाहालसँग वार्ता भइरहेको र राष्ट्रपति चुनावमा कांग्रेसले प्रस्ताव गरेको उम्मेदवार निर्वाचित हुने दाबी गरे ।

एमालेले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भए सिंहदरबार र शीतलनिवासबाट समानान्तर सत्ता चल्ने महामन्त्री थापाले दाबी गरे । उनले सबै पार्टीले एमालेको चरित्र र एमालेबाट निर्वाचित व्यक्तिको व्यवहार भोगिसकेकाले एमाले उम्मेदवारलाई भोट नहाल्ने थापाको भनाइ छ ।