२६ बैशाख २०८१, बुधबार

‘वर आऊ न’ बोलको गीत सार्वजनिक 

Capture 5

गायक सागर धिमालको स्वर तथा संगीत रहेको ‘वर आउ न’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतको शब्द धिमाल आफैंले लेखेका हुन् । टिकटकमार्फत चर्चा कमाएकी पवित्रा साकी ‘मिस पबी’ र रमण धिमालले गीतको भिडियोमा अभिनय गरेका छन् ।

क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रडक्सन गरिएको यस गीतको भिडियोलाई विवेक विकले निर्देशन गरेका हुन् । त्यस्तै म्युजिक प्रोग्राम्ड ज्योति श्रेष्ठ तथा मेकअप आङ् दोर्जे शेर्पाले गरेका छन् ।

भ्यालेन्टाइनको छेकोमा रिलिज गरिएको यस गीतले विदेशबाट फर्कदैं गरेका प्रेमि र प्रेमिकाबीचको रोमान्सलाई पर्दामा उतारेको छ ।

गायक सागरले यसअघि ‘सानो सानो मेरो सपनामा’, ‘हर्षमय’लगायत गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

    सम्बन्धित समाचार...