६ जेष्ठ २०८१, आईतवार

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले पाएनन् विश्वासको मत

1675940177 HVz5B

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेशसभाबाट विश्वासको मत पाएनन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा उनले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले अस्वीकृत भएको सभामुख भीम भण्डारीले घोषणा गरेका हुन् ।

गत २७ पुसमा मुख्यमन्त्रीमा नियुक्त रावलले बिहीबार (२६ माघ)भित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने थियो ।

तर, सरकार बनाउँदा समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीका सांसद भने बैठकमा अनुपस्थित भएका कारणले रावलले विश्वासको मत पाउन सकेनन् । योसँगै रावल मुख्यमन्त्रीबाट पदमुक्त भएका छन् ।

    सम्बन्धित समाचार...