७ बैशाख २०८१, शुक्रबार

तिनाउमा खस्यो पाल्पा जाँदै गरेको ट्याक्सी

taxipalpa accident

सिद्धार्थ राजमार्गको सिद्धबाबा मन्दिर नजिकै ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट तानसेन तर्फ आउँदै गरेको ट्याक्सी बुटवल पाल्पा सडक खण्डको हेडबक्स र सिद्धबाबा मन्दिरको बिचमा दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा एक व्यक्ति गंभीर अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरिले जानकारी दिए । घाइतेलाई उपचार का लागी बुटवल लगिएको छ ।

सडकबाट करिब दुई सय मिटर तल खस्दा ट्याकसी चालक गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकास अर्याल गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा परेको गाडी तिनाउ नदिमा केही भाग डुबेको अवस्थामा रहेेको छ ।गम्भीर घाइते अर्याललाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । ट्याक्सीमा एकजना मात्र सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ ।