१२ बैशाख २०८१, बुधबार

एमालेको खल्तीबाट निकालिएको पात्रलाई राष्ट्रपति बनाए संविधान र लोकतन्त्र दुर्घटनामा पर्छ- गगन थापा

Gagan Thapa
फाइल फोटो

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले एमालेको खल्तीबाट निकालिएको पात्रलाई राष्ट्रपति बनाएमा संविधान र लोकतन्त्र खतरामा पर्ने बताएका छन् ।

शनिबार बाराको कलैयामा आयोजित नेपाल प्रेस युनियन मधेश प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले एमालेको उम्मेदवार राष्ट्रपति बनेमा संविधान खतरामा पर्ने कुरा विगतको अभ्यासलेसमेत पुष्टि गरेको बताएका हुन् ।

‘एमालेका कोही नेताले खल्तीबाट निकालेको पात्रलाई राष्ट्रपति बनाइयो भने संविधानका साथै लोकतन्त्र पनि दुर्घटनामा पर्ने निश्चित छ । मैले प्रधानमन्त्रीलाई भेटेरै भनेको छु । किनकि विगतको अभ्यासले पनि पुष्टि नै गरिसकेको छ। विगतको त्यो नियती दोहोर्याउने काम कदापि नगर्नु होला,’ उनले भने ।