२२ बैशाख २०८१, शनिबार

सुनुवाइ गर्दै सर्वोच्च अदालतले मगायो सन्दीप लामिछाने प्रकरणको उच्च अदालत र जिल्ला अदालतबाट कागजात

Supreme Court 43KnAVGEAY

करणीको अभियोग लागेका क्रिकेटर सन्दीप लामिछानेलाई थुनामा राख्न माग गरिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले उच्च अदालत र जिल्ला अदालतबाट कागजात मगाएको छ ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले तल्लो अदालतको निर्णय प्रतिवेदन झिकाएको हो । नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका क्रिकेटर लामिछानेलाई थुनामा राख्न माग गर्दै महान्यायाधिवक्ताको कार्यालयले हिजो सर्वोच्चमा निवेदन दर्ता गराएको थियो ।

लामिछानेमाथि गत भदौ ५ गते जबरजस्ती करणीको अभियोग लागेको थियो । काठमाडौं जिल्ला अदालतले कात्तिक १८ मा थुनामा पठाएका लामिछानेलाई पाटन उच्च अदालतले गत पुस २८ मा २० लाख रुपैयाँ धरौटीमा छाडेको थियो । उच्च अदालत पाटनले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न गरेको आदेशलाई महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा चुनौती दिएको हो ।

    सम्बन्धित समाचार...