२५ बैशाख २०८१, मंगलवार

रवि लामिछानेको पक्षमा खुलेका ओलीका प्रश्न : अदालतको पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?

kp oli

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रुपमै गृहमन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीले पाउनुपर्ने बताएका छन् । रास्वपाका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी सर्वोच्चको फैसलापछि गृहमन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल आँफैले राखेका छन् । उनले अब सो मन्त्रालय आफ्नै दलले राख्ने अडान लिएको बेलामा सत्ता गठबन्धनको मुख्य घटक एमाले अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

आज (बिहीबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । यद्धपी ओलीले गृहमन्त्रालय रास्वपाले पाउनेमात्रै बताए । तर, यसको नेतृत्वमा कसलाई पठाउने भन्ने विषयमा सो दलले निर्णय लिने कुरा भएको ओलीको भनाई छ ।

ओलीले लामिछानेलाई नै गृहमन्त्री बनाउन सकिने पनि आशय व्यक्त गरे । प्रधानमन्त्री दाहालले लामिछानेको फैसलाको पूर्णपाठ नआएकोले बनाउन नसकिने कुरा गर्नुभएको छ नि भन्ने जिज्ञासमा उनले त्यो आवश्यक नभएको प्रतिक्रिया दिएका थिए । उनले भने,‘पूर्णपाठ किन चाहियो ? पुराण वाचन गर्ने हो र ?’

    सम्बन्धित समाचार...