२४ बैशाख २०८१, सोमबार

‘मेरो मौनता आजसम्मको लागि मात्रै हो’: रवि लामिछाने

rabi
फाइल फोटो

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मको लागि मात्रै भएको टिप्पणी गरेका छन् । सरकारमा रहने वा नरहने भन्नेबारे निर्णय लिन पार्टीको बैठक बोलाएका रविले सामाजिक सञ्जाल फेशबुकमा भने कडा टिप्पणी गरेका छ् ।

उनले लेखेका छन्–‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’ उनले आफूलाई अभिमन्यू नभएको पनि उल्लेख गरेका छन् ।

लामिछानेले सत्ता गठबन्धनमा गृहमन्त्रालय आफ्नो दलले पाउने सहमति भएको भन्दै सो सहमति कार्यान्वयनको लागि प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष दबाब बढाएका छन् ।

Capture 1

    सम्बन्धित समाचार...