१७ बैशाख २०८१, सोमबार

कांग्रेस सांसद बलायर भन्छन्- गोदावरीको भोकाधिकार कहिले ?

balayer 0122023093712

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीको भोकाधिकारसमेत नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभा बैठकमा बुधबार विशेष समयमा पूर्वमन्त्रीसमेत रहेका बलायरले जंगलमा तय गरिएको सो प्रदेशको राजधानी गोदावरीको पूर्वाधार निर्माणका लागि डीपीआरसमेत किन तयार नगरेको भनि संघीय सरकारलाई प्रश्नसमेत गरे । उनले संघीय सरकारले विगत पाँच वर्षमा सुदूरपश्चिम प्रदेशमा एउटा केन्द्रीय योजना पनि नपारेको उल्लेख गर्दै आपत्ति जनाए ।

‘सुदूरपश्चिम प्रदेशको राजधानीमा गोदावरीमा अहिलेसम्म पूर्वाधारको व्यवस्था हुन सकेको छैन । अहिलेसम्म राज्यले भोकाधिकार दिएको छैन । आज एउटा प्रदेशको राजधानी बनाउन नसकिने अवस्था छ । म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु- किन भोकाधिकार रोकियो केन्द्रीय सरकारबाट सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरीमा । किन अहिलेसम्म सिमांकन हुन सकेन ?,’ सांसद बलायरले भने, ‘किन डीपीआर हुन सकेन ? प्रदेश सरकारको सामर्थ्यबाट राजधानी बन्न सक्ने अवस्था छैन । केन्द्रीय सरकार र प्रदेश सरकारले राजधानी निर्माण गर्ने कुरामा सोच पुर्‍याएन भने हामी संघीय लोकतान्त्रिक गणतन्त्रको कुन चरणमा छौं ? कहाँ छौं ? हाम्रो उद्देश्य के छ ? आज ५ वर्षको समयसम्म राष्ट्रिय गौरवको आयोजना सुदूरपश्चिमले पाउने कुरा त परै जाओस् । कुनै एउटा केन्द्रीय योजना पनि पाउन सकेन ५ वर्षमा । अर्बौंको गेटा कलेज सञ्चालन गरिएको छैन ।’

सांसद बलायरले अर्बौं लगानी गरेर बनाइएको गेटा मेडिकल कजेज सञ्चालनमा ढिला नगर्न पनि सरकारलाई दबाब दिए ।

    सम्बन्धित समाचार...