१९ बैशाख २०८१, बुधबार

अमेरिकी उपमन्त्री न्यूल्याण्डले आजदेखि उच्चस्तरीय भेटवार्ता गर्दै

Capture 5

नेपाल भ्रमणमा आएकी अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया न्यूल्यान्डले आजबाट उच्चस्तरीय भेटघाट सुरु गर्ने भएकी छन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार अमेरिकी उपमन्त्री न्यूल्यान्डले आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्ने तयारी रहेको उनको भनाइ छ ।

अमेरिकी विदेश मन्त्रालयमा ३३ वर्ष कार्यानुभव भएकी न्युल्याण्डले जर्ज डब्ल्यु बुस र बाराक ओबामा प्रशासनमा पनि महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

    सम्बन्धित समाचार...