२५ बैशाख २०८१, मंगलवार

मौसम: पश्चिमी भूभागमा आज वर्षा र हिमपातको सम्भावना

weather aajko mausam

देशको पश्चिमी भूभागमा आज वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आंशिकदेखि सामान्य बदली भइ सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । यस्तै यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा तथा बाँकी प्रदेशहरूको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरुमा हिमपातको सम्भावना छ।

आज राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम र कर्णालीका साथै लुम्बिनी प्रदेशको केही स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हिमपातको सम्भावना छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ ।

अहिले बिहान प्रदेश १, मधेस र वाग्मती प्रदेशलगायत देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

महाशाखाका अनुसार भोलि (मंगलबार) आंशिक बदली भइ कर्णाली र लुम्बनी प्रदेशका एक-दुई स्थानमा वर्षाको सम्भावना छ भने देशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हिमपातको सम्भावना छ ।

पर्सि (बुधबार) प्रदेश १, वाग्मती र गण्डकी प्रदेशमा आंशिक बदली रहने छ । साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सम्बन्धित समाचार...