१४ बैशाख २०८१, शुक्रबार

‘भष्मे डन’ चरित्रमा फिल्म बन्दै, खगेन्द्र लामिछाने पर्दामा नदेखिने

pasupati prasad team e1675008493178

चलचित्र ‘पशुपतिप्रसाद २: भष्मे डन’ निर्माण हुने भएको छ ।

काठमाडौंमा आइतबार एक कार्यक्रम आयोजनमा गरी निर्माण पक्षले चलचित्र पशुपतिप्रसादको प्रमुख मध्ये एक पात्र भष्मे डनको चरित्रमाथि चलचित्र बनाउन लागेको घोषणा गरेको हो ।

‘पशुपति प्रसाद’ प्रदर्शनको सात वर्ष पूरा भएको अवसरमा उपलक्ष्यमा निर्माण कम्पनि टुकी आर्टस प्रा.लिले केक काटेर खुसियाली मनाउदै एक कार्यक्रमका बीच चलचित्रको कास्ट एण्ड क्रु को ‘लाइनअप’ सार्वजनिक गर्नुका साथै प्रदर्शन मिति समेत घोषणा गरियो ।

निर्देशक दीपेन्द्र के खनालले निर्देशन रहने चलचित्र ‘पशुपतिप्रसाद २: भष्मे डन’मा पशुपति प्रसादका अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा शिवाकोटीको अभिनय रहने छैन । तर अभिनेता लामिछाने भने चलचित्रको लेखक र निर्माताको रुपमा रहने भएका छन् ।

चलचित्रको शिर्ष भूमिकामा अभिनेता विपिन कार्की रहने छन् । उनि ‘पशुपति प्रसाद’को लोकप्रिय पात्र ‘भष्मे डन’ हुन् । पछिल्लो दशकमा दर्शक माझ सर्वाधिक प्रभाव छोड्न सफल चरित्र हो ‘भष्मे डन’ । अहिलेपनि सामाजिक संजालमा ‘भष्मे डन’का संवाद र दृश्य लोकप्रिय छन् । यो सिक्वेल तर्क संगत र अर्थपूर्ण बनाउन निक्कै मिहेनत गर्ने निर्माण पक्षले बताएको छ ।

चलचित्रका निर्देशक खनालले पशुपतिप्रसाद बनाउँदा धेरै विश्वास र कथावस्तु राम्रो भएपछि मात्रै बनाएको बताए । उनले भने, ‘हामी लामो समय स्क्रिप्ट ‘लक’ गर्नै नसकेर अड्किएका थियौं । स्क्रिप्ट तयार पार्‍यो अनि ओल्टाई-पल्टाई गर्दा चित्त नै बुझ्दैन थियो । अहिले चाहिँ यो स्क्रिप्टमा फिल्म बनाउँदा अर्थपूर्ण हुन्छ भन्ने लागेको छ । हामीले हतार गरेर चलचित्र बनाउन लागेका होइनौं ।’ यो ७ वर्षको अवधिमा भष्मे डनको जीवनमा आएका विभिन्न उतार-चढावलाई फिल्ममा प्रस्तुत गरिने उनको भनाई छ ।

कार्यक्रममा चलचित्रका लेखक लामिछानेले खगत सिक्वेल मात्र बनाउन नलागेको स्पष्ट पारे । पशुपतिप्रसादको सिक्वेल बनाउन लामो समयदेखि कुरा भएपनि अर्थपूर्ण बनाउने कुरामा नै अहिलेसम्मको समय कुरेको बताए । उनले पशुपतिप्रसाद रिलिज भएको ७ वर्ष पूरा भएपछि मात्रै पशुपतिप्रसाद २ भष्मे डन बनाउन लागेको बताए । सबै दर्शकको मन जित्ने तरिकाले फिल्म बनाउने उनले बताए ।

उक्त अवसरमा ‘पशुपति प्रसाद’मा महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी अभिनेत्री सिवाकोटीले पशुपतिप्रसाद चलचित्र आफ्नो लागि धेरै नै महत्वपूर्ण भएको बताइन् । मेरो जोडी पशुपतिप्रसादसँग भएकाले त्यही अनुसारको पात्र हुनुपर्छ भन्ने हिसावले आफूलाई चलचित्रको सिक्वेलमा नपर्दा पनि चित्त बुझाएको बताइन् ।

त्यस्तै, अभिनेत्री स्वस्तिमा खड्काले पशुपतिप्रसाद आफूले एक्लै हलमा हेरेको चलचित्र भएको बताइन् । उनले पशुपतिप्रसालाई अहिलेसम्म पनि धेरैले मन पराउने बताइन् । चर्चित चलचित्रमा आफूले सहकार्य गर्न पाउँदा धेरै नै खुशी लागेको उनको भनाई थियो । आफूलाई चलचित्रमा समयको भन्दा पनि पात्रको भुमिका कति महत्वपूर्ण छ भन्नेकुराले आफूलाई महत्व राख्ने उनले बताइन् ।

यो चलचित्रमा विपिन र स्वस्तिमासँगै सौगात मल्ल, प्रकाश घिमिरे, रविन्द्र सिंह बानियाँ, मिस्श्री थापा, सजन थापा मगर, विभू पौडेल, प्रकाश दाहाल लगायतको अभिनय रहने बताइएको छ । चलचित्रको डिओपीमा निरज कँडेल, छायाँंकार कृष्ण थापा, सम्पादक दीर्घ खड्का रहेका छन् । चलचित्रमा कृष्ण भारद्वाज र सुवास भुसालले संगीत दिनेछन् ।

आगामी फागुन दोस्रो साताबाट छायाकंन हुने यो चलचित्र आगामी वर्षको २०८० को फूलपातीमा प्रदर्शनमा आउने बताइएको छ ।

    सम्बन्धित समाचार...