१४ बैशाख २०८१, शुक्रबार

अझै निवारण भएन कुष्ठरोग

kustharog

सरकारले कृष्ठरोग निवारणमा लामो समय देखि काम गर्दै आएपनि सुदूरपश्चिम प्रदेशमा निवारणमा चुनौती देखिएको छ ।

प्रदेशका केही जिल्लामा कुष्ट रोगीका नयाँ बिरामी भेटिने क्रम रोकिएको छैन । सन् २०१० मा नेपाललाई कुष्ठ रोग निवारण भएको घोषणा गरिएपनि त्यसो भएको पाइँदैन ।

विश्व स्वास्थ्य संगठन डब्लयूएचओका अनुसार १० हजार जनसंख्यामा कुष्टरोगका एकभन्दा कम विरामी भएमा त्यसलाई निवारण उन्मुख मानिन्छ । तर सुदूरपश्चिम प्रदेशका तिन जिल्ला कुष्टरोग निवारण गर्न असफल भएका छन् । सुदूरपश्चिमको स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशमा अझै ० दशमलव ९३ प्रतिशतमा कुष्ठरोगी छन् । चालु आर्थिक वर्षमा मात्रै ९ प्रतिशत नागरिकमा कुष्ठरोग देखिएको छ ।

सुदूरपश्चिमका ६ जिल्लामा ० दशमलव ५ प्रतिशत भन्दा कम कुष्ठरोगी देखिएपनि कैलाली र अछाममा १ प्रतिशतभन्दा बढी र कञ्चनपुरमा ० दशमलव ८१ प्रतिशतमा यो रोग देखिएको छ ।

अछाम तथा कैलाली जिल्लामा अहिलेसम्म पनि कुष्ठरोग जनस्वास्थ्यको समस्याको रुपमा छ । विकट पहाडी जिल्लामा कुष्ठरोगका बिरामीलाई समयमै उपचार दिन सकिएको छैन ।

निमित्त स्वास्थ्य निर्देशक, स्वास्थ्य निर्देशनालय, सुदूरपश्चिम प्रदेश
कुष्ठरोग लागेमा शरिरमा दागहरु देखा पर्ने र ति दाग छुदाखेरी समेत थाहा नहुने हुन्छन् । यस्तै हातखुट्टा झमझम हुने र नसा मोटा हुने, जाँच गरेरपनि कुष्टरोगको पत्ता लगाउन सकिने जनाइएको छ ।

नेपालले सन् २०३० सम्म कुष्ठरोगलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । तर, केही ठाउँमा बिरामी भेटिँदा यो लक्ष्यमा चुनौती थपिएको छ । त्यसका लागि प्रदेशले काम भने गरेको स्वास्थ्य निर्देशनालयको भनाइ छ ।

    सम्बन्धित समाचार...