२३ बैशाख २०८१, आईतवार

किन जलाइयो शिक्षामन्त्री शिशिर खनालको पुत्ला ?

putla

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालको काठमाडौंमा पुत्ला जलाइएको छ ।

काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री खनालको पुत्लादहन गरिएको हो ।

नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् ।

शिक्षामन्त्री खनालले १ देखि कक्षा ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छपाइका लागि दिने निर्णय गरेका थिए । सो निर्णय निजी क्षेत्रलाई घुस खानका लागि भएको र यसले झनै महंगो मूल्यमा पुस्तक किन्न बाध्य हुनुपर्ने अवस्था आउने भन्दै विद्यार्थीले विरोध जनाएका छन् ।

अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा रहेका मन्त्रीहरुले जनताबाट कमिसन खाएर वर्गीय रसायन भत्काउने काम गरेको भन्दै निर्णय फिर्ता लिन आग्रह गरे ।

शिक्षामन्त्री 1024x591 1

    सम्बन्धित समाचार...