१३ बैशाख २०८१, बिहीबार

प्रहरी हुँ भन्दै ठगी गर्ने पक्राउ

Pakrau Lamjung

प्रहरी हुँ भन्दै ‘नक्कली प्रहरी’ बनेर ठगी गर्ने एक व्यक्तिलाई लमजुङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लमजुङको मर्स्याङ्दी गाउँपालिका १, घनपोखराका ३५ वर्षीय जीवन गुरुङ छन् ।

गुरुङले सदरमुकाम बेंसीसहरमा कोठा भाडामा बस्दै आएका महिलाहरुसँग प्रहरी हुँ भन्दै प्रहरीमा परेका मुद्दा मिलाइदिने, सरकारी कार्यालयहरुमा जागिर लगाइदिन्छु भन्दै विश्वास दिलाएर मोटो रकम असुलेर सम्पर्कविहीन भएका थिए ।

सात लाख १७ हजार पाँच सय रुपैयाँ ठगी गरी हराएका गुरुङलाई प्रहरीमा उजुरीपछि पोखरामा लुकिछिपी रहेको अवस्थामा माघ १० गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश श्रीमलले जानकारी दिए ।

गुरुङलाई जिल्ला अदालत लमजुङबाट ठगी कसुरमा मुद्दा चलाएर म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रहरीका अनुसार मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-२१ अन्तर्गत यसरी ठगी गर्ने व्यक्तिलाई सात वर्षसम्म कैद र ७० हजारसम्म जरिवाना हुने व्यवस्था छ ।

    सम्बन्धित समाचार...