१५ बैशाख २०८१, शनिबार

अंसारी र आलम म्याच फिक्सिङको आरोपमा पक्राउ

alam adil

म्याच फिक्सिङ गरेको आरोपमा सोमबार प्रहरीले नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य आदिल अन्सारी र पूर्व राष्ट्रिय खेलाडी महबुब आलमलाई पक्राउ गरेको छ ।

सोही प्रकरणमा सप्तरीको राजविराज घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।
राजविराजस्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको खेल मैदानवाट पक्राउ परेका आदिललाई बुद्ध एयरको उडानवाट राजविराजबाट काठमाडौं पठाइएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

सप्तरीको राजविराज वडा नं ४ घर भएका पूर्वराष्ट्रिय खेलाडी महबुब आलमलाई विराटनगरबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले बताएको छ ।
अन्सारी र आलममाथि नेपाल टी–टवान्टी लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोप छ । अन्सारीलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) लगिने र अनुसन्धान गरिने तयारी छ । लिगमा अन्सारी जनकपुर रोयल्स टिमबाट खेलेका थिए ।

बारा जिल्ला घर भएका आदिललाई सप्तरीको राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको खेलमैदानबाटै सोमवार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।

सो मैदानमा जारी मुन्ना साह मेमोरियल अन्तर कलेज क्रि केट प्रतियोगितामा जानकी उच्च माध्यमिक विद्यालयका तर्फबाट प्रतियोगिता खेल्न मैदान पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)ले भारतीय कम्पनी सेभेन थ्री स्पोर्टससँगको साझेदारीमा गत पुस ८ गतेदेखि टी–२० लिग प्रतियोगिता गरेको थियो । सो प्रतियोगितामा म्याच फिक्सिङका आधारहरू फेला परेपछि सीआईबीले छानबिन गरिरहेको छ ।

    सम्बन्धित समाचार...