१३ बैशाख २०८१, बिहीबार

संघीय संसद्‌अन्तर्गतका दुवै सदनको बैठक बस्दै

nepal parliament building

संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्नेछ । आजको प्रतिनिधिसभाको बैठकमा सभामुखले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूचीमा उल्लेख छ ।

संघीय संसदको महासचिव भरतराज गौतमले जारी गरेको कार्यसूचीअनुसार प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख र उपसभामुखलाई दलीय आधारमा बधाई एवं शुभकामना प्रदान गरिने छ ।

यस्तै राष्ट्रिय सभाको बैठकमा संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस हुने कार्यक्रम छ । समितिका संयोजक खिमलाल देवकोटाले उक्त प्रतिवेदनमाथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने छन् ।

यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।

    सम्बन्धित समाचार...