२१ बैशाख २०८१, शुक्रबार

नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति : प्रधानमन्त्री

prachanda
फाइल फोटो

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होछार परम्परा र तामाङ संस्कृति रहेको उल्लेख गरेका छन् ।

तामाङलगायत हिमाली, पहाडी आदिवासी जनजातिहरुको राष्ट्रिय ल्होछार पर्व २८५९ को अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री दाहालले ल्होछार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा भएको बताएका छन् ।

नेपालमा बसोबास गर्ने सबै जाति, जातजातिको आ–आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरु रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यी सबै संस्कृतिहरुको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति भएको बताएका छन् ।

नेपालमा मात्रै नभइ मंगोल–चिनियाँ सभ्यता पुगेका संसारका सबै महादेश र देशहरुमा यो पर्व मनाइने भएकाले ल्होछार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि भएको प्रधानमन्त्री दाहालको भनाइ छ । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्व बोकेका थुप्रै पर्व रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले राज्यले ल्होछारलगायत सबै सांस्कृतिक पर्वहरुलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्ने बताएका छन् ।

    सम्बन्धित समाचार...