२१ बैशाख २०८१, शुक्रबार

एमालेले सिफारिस गरेको व्यक्ति नै नयाँ राष्ट्रपति हुन्छः स्वास्थ्य मन्त्री

padam giri
फाइल फोटो

नेकपा एमालेका नेता एवं स्वास्थ्य मन्त्री पदम गिरीले नेकपाको एमालेको सिफारिस गरेको व्यक्ति नै नयाँ राष्ट्रपति हुने बताएका छन् ।

सभामुख, उपसभामुख लगायत प्रदेशको सरकार गठनमा एकमत भएको गठबन्धन अब एक नहुने प्रश्नै नभएको उनको दाबी छ । ‘नेपाली बहस’मा कुरा गर्दै गिरीले भने, ‘पार्टीले निर्णय नगरेसम्म यो वा त्यो व्यक्ति भन्ने कुरा छैन । तर पार्टी सुहाउँदो व्यक्तिलाई नै सिफारिस गर्छ ।’

स्वास्थ्य मन्त्री गिरीले आम स्वास्थ्य समस्याबारे आफू गम्भीर भएको र आफ्नो बल, बुद्धि र क्षमताले भ्याएसम्मका काम गर्ने बताए । उनले थपे, ‘स्वास्थ्य क्षेत्र जर्जर छ । सरकारी अस्पतालप्रति जनतामा विश्वास छैन, स्वास्थ्य सेवा महँगो भयो भन्ने छ । स्वास्थ्य क्षेत्रमा पूर्वाधारको समस्या छ, स्वास्थ्य सेवा प्रवाहमा समस्या छ । अब योजनाबद्ध रुपमा जानुपर्छ ।’

उन्मूलनको घोषणा गर्ने बेला पश्चिम नेपालका चारपाँचवटा जिल्लामा दादुराको महामारी उत्पन्न भएकाबारे अध्ययन भइरहेको पनि उनले बताए ।

    सम्बन्धित समाचार...