१५ बैशाख २०८१, शनिबार

क्रिस हिप्किन्स न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित

Chris Hipkins

जसिन्डा आर्डेनले अकस्मात राजीनामा दिएपछि राजनीति रूपमा तरंगित भएको न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री क्रिस हिप्किन्स बन्ने निश्चित भएको छ ।

सरकारको नेतृत्व गरिरहेको लेबर पार्टीले हिप्किन्सको नाम मात्रै सिफारिस गरेपछि उनी नै न्युजिल्यान्डको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको हो । यसअघि न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनको राजीनामालाई त्यहाँको राजनीतिक वृत्तले आश्चर्यको रुपमा लिएको थियो । आर्डेन लेबर पार्टीको नेताको रुपमा सबैभन्दा पहिले सन् २००८ मा चुनिएकी थिइन् । त्यसपछि सन् २०१७ मा उनी पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएकी थिइन् ।

सन् २०२० मा कोभिडसम्बन्धी अपनाएको सावधानीका कारण उनको चर्चा चुलिएको थियो । आफ्नो जिम्मेवारीलाई न्याय गर्न नसक्ने भन्दै आर्डेनले राजीनामा दिएकी हुन् जसलाई पदप्रतिको इमान्दारिताको संज्ञा दिई सवत्र प्रशंसा गरिएको छ । हिप्किन्सले प्रधानमन्त्रीको कार्यभार सम्हाल्नु एक दिनअघि आजै पत्रकार सम्मेलन गर्दैछन् ।

आर्डेनले राजीनामा बुझाउने औपचारिक कार्यक्रम भने भोलिलाई राखिएको छ ।

    सम्बन्धित समाचार...