७ बैशाख २०८१, शुक्रबार

अमेरिकाकी मोरेरा बन्दैछिन विश्वकै बृद्ध व्यक्ति, गिनिजले मान्यता दिन बाँकी

maria

संयुक्त राज्य अमेरिकामा जन्मिएकी स्पेनी हजुरआमा सम्भवतः ११५ वर्षको उमेरमा विश्वकै सबैभन्दा वृद्ध व्यक्ति बन्न सफल भएको गिनिज वल्र्ड रेकर्ड्सका सल्लाहकारले बिहीबार बताएका छन् ।

फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा मंगलबार निधन भएपछि मारिया ब्रान्यास मोरेरा विश्वको सबैभन्दा पाको व्यक्ति भएको जेरोन्टोलजीका वरिष्ठ सल्लाहकार रोबर्ट डी यंगले बताए ।

गिनिज वल्र्ड रेकर्ड्सले कागजात जाँच गरिसकेपछि र ब्रान्यास मोरेराको परिवारसँग अन्तर्वार्ता लिएपछि आधिकारिक निर्णय गर्ने जेरोन्टोलोजी रिसर्च ग्रुपको सुपरसेन्टेरियन रिसर्च डाटाबेसका निर्देशक समेत रहेका यंगले थपे।

यसैबीच मोरेरा अहिलेसम्म विरामी परेर अस्पताल जानु नपरेको बताइएको छ । संसारकै सबैभन्दा वृद्ध व्यक्ति फ्रान्सेली भिक्षुणी लुसिल रान्डनको ११८ वर्षको उमेरमा निधन भएको थियो । रान्डनको फ्रान्सको टुलोनमा रहेको उनको नर्सिङ होममा सुतेकै अवस्थामा निधन भएको थियो ।

सन् १९०४ मा दक्षिणी फ्रान्समा जन्मेकी उनले दुई वटा विश्वयुद्ध देखिन् । सन् १९४४ मा भिक्षुणी बनेपछि उनले सिस्टर एन्ड्रे नाम धारण गरेकी थिइन् ।

विश्वका सर्वाधिक वृद्धमा विभिन्न देशका महिलाहरुको बाहुल्यता छ ।