२६ बैशाख २०८१, बुधबार

विमान दुर्घटनाप्रति संसदले विशेष प्रस्ताव पारित गर्ने

326358423 1208460340105152 3691152086064558239 n.jpg

प्रतिनिधिसभाले पोखरामा भएको विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

प्रतिनिधिसभाको जारी बैठकमा बोल्ने सबै सांसदहरुले १ माघमा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाबारे आ–आफ्नो धारणा राखेका छन् ।

सोही क्रममा बैठकमा बिहीबार नै प्रतिनिधिसभाले पोखरा विमान दुर्घटनाका विषयमा विशेष प्रस्ताव पारित गर्ने जानकारी गराइएको हो ।

१ माघमा काठमाडौंबाट पोखरा उडेको चालक दलका चार सदस्यसहित ७२ जना सवार यती एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

    सम्बन्धित समाचार...